क्रिकेट खेलमा सट्टेबाजी गर्ने २० भन्दा बढी पक्राउ

काठमाडौँ । नेपाल र यूएईको एकदिवसीय खेलमा लाइभ बेटिङ्ग गर्ने २० जनाभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कीर्तिपुर र प्रहरी वृत्तको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हेर्ने बहानामा बेटिङ गर्नेहरूलाई नियन्त्रणमा लिएको हो ।

सीआईबी प्रमुख एआईजी उत्तम सुवेदीले उनीहरूसँग रहेको मोबाइल पनि नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जानकारी दिए का छन् ।

शुक्रबार प्रहरीले शृखंलाको पहिलो खेलमा नै शंकास्पद गतिविधिमा रहेका केही दर्शकलाई निगरानीमा राखेको थिए। त्यही आधारमा अनुसन्धान अघि बढाउँदा आज केही व्यक्तिलाई नियन्त्रणमा लिइएको बताए ।

शुक्रबारदेखि नेपाल र यूएईबीच एकदिवसीय खेलको शृंखला सुरु भएको हो ।