मोरङ–३ मा शर्माको अग्रता कायमै

काठमाडौँ । मोरङ क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यमा डा. सुनील शर्माको अग्रता कायमै छ । प्रतिनिधिसभाको समानुपातिक १ ठाउँ र प्रदेशसभाको अर्को ठाउँमा मतगणना सुरु भएको मोरङ क्षेत्र नं ३ का निर्वाचन अधिकृत रामहरि काफ्लेले जानकारी दिएका छन् ।

यो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको ६ हजार ३ सय ५६ मत गन्दा गठबन्धनतर्फका नेपाली कांग्रेसका शर्माले ४ हजार १ सय ३२ प्राप्त गरेका छन् । त्यस्तै नेकपा (एमाले) का पूर्वमन्त्री भानुभक्त ढकालले १ हजार ५ सय ७३ मत ल्याएका छन्, भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रेखा थापाले ९ सय ६ मत प्राप्त गरेकाी छन् ।

जम्मा १ लाख ४९ हजार ८ सय ३३ मतदाता रहेको मोरङ क्षेत्र नं ३ मा ९७ हजार ४ सय ६८ खसेको छ । मोरङ क्षेत्र नं ३ मा पथरी शनिश्चरे नगरपालिकाको आठ, बेलबारी नगरपालिकाको आठ, सुन्दरहरैचा नगरपालिकाको छ र कानेपोखरी गाउँपालिकाको चार गरी २६ वटा वडा रहेका छन् ।

प्रतिनिधिसभामा ३१ जनाको उम्मेदवारी रहेको मोरङ–३ मा एमालेबाट ढकाल, सत्ता गठबन्धनबाट नेपाली काग्रेसका शर्मा र राप्रपाकी नेत्री तथा नायिका थापाबीच मुख्य प्रतिस्पर्धा रहेको छ ।