काठमाडौँ–१० मा कांग्रेसका केसी विजयी

काठमाडौँ । काठमाडौँ–१० मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी विजयी भएका छन् । । निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार उनले केसीले १४ हजार ४ सय ५८ मतसहित विजयी भएको हो ।
एमालेका केसीले ११ हजार ७ सय ८७ मत प्राप्त गरेको छ ।

यस निर्वाचन क्षेत्रमा कूल ५३ हजार ३ सय ३६ मत खसेको थियो भने स्वतन्त्रसहित विभिन्न पार्टीका १८ को उम्मेदवारी परेको थियो ।

प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) हिमेस केसीलाई २ हजार ६ सय ७२ मतले पछि पार्दै केसी यस क्षेत्रबाट तेस्रोपटक निर्वाचित भएको हो । यद्यपि विजयको औपचारिक घोषणा हुन बाँकी छ ।