भक्तपुर क्षेत्र नं १ मा नेमकिपाका सुवाल विजयी

काठमाडौं । प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवाल तेब्बरभन्दा बढी मतान्तरले विजयी भएको छन् ।

मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको सभाकक्षमा आज सम्पन्न प्रत्यक्षतर्फको मतगणनाको परिणामअनुसार उनले ४२ हजार ७ सय ६१ मत ल्याएर विजयी भएका हुन् ।

त्यसैगरी प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज गेलालले ११ हजार ९ सय ६८ मत ल्याएका छन् । नेमकिपाका प्रजापतिले एमालेका गेलाललाई ३० हजार ७ सय ९३ को मतान्तरले पछाडि पार्दै प्रतिनिधिसभामा दोस्रो कार्यकालका लागि प्रवेश गरेका हुन् ।

मुख्य निर्वाचनत अधिकृत बाँस्तोलाले बताए अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्काले ९ हजार ३ सय ३ मत प्राप्त गरेका छन् भने सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका सुनिल गोठे बासुले ५ हजार २ सय ८३ मत ल्याएका छन् ।