मतदाता बोकेको जीप खस्दा ६ को मृत्यु, ८ जना घाइते

काठमाडौँ । मतदाता बोकेका एक जीप पाकिस्तान–नियन्त्रित काश्मिर (पीओके) को नीलम उपत्यकामा नालामा खस्दा ६ जनाको मृत्यु भएको छ । घटनमा अन्य ८ जना घाइते भएका डन पत्रिका आइतबार जानकारी दिएको छ । यस घटनामा परी मृत्यु हुनेमा ६ जना महिला रहेका स्थानीय प्रहरीले जानकारी दिएको छ ।

दुधनियालको छारी इलाकामा आइतबार दिउँसो करिब १२ः३० बजे जीप तीन सय फिट गहिरो सुख्खा नालामा खसेको जिल्ला विपद् व्यवस्थापन अधिकृत अख्तर अयुबलाई उद्धृत गर्दै डनले जनाएको छ ।

गाडीले आफ्नो क्षमता भन्दा धेरै मानिसहरू बोकेको अयुबले थप जानकारी दिएको छ । दुर्घटना घाइते भएकाको अवस्था पनि गम्भीर रहेको बताइएको छ । यात्रुहरु निलम खोलाको छेउमा रहेको ठाण्डा पानी गाउँका बासिन्दा रहेका र नजिकैको मतदान केन्द्रमा आएका थिए ।

घाइतेहरूलाई दुधनियाल आधारभूत स्वास्थ्य इकाईमा लगिएको थियो । पाँचजना गम्भीर घाइते भएकाले थप उपचारका लागि मुजफ्फराबाद पठाइएको थियो