राष्ट्रिय स्वतन्त्र पार्टीले कटायो १० लाख ७१ हजार मत

काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७१ हजार मत कटाएको छ। मंगलबार बिहानसम्म ९५ लाख ७३ हजार ७५ मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७१ हजार २ सय ५९ मत ल्याएर चौंथो स्थान रहेका छन् ।

आयोगको तथ्यांक अनुसार नेकपा एमालेले २५ लाख ८४ हजार १ सय ९२ मत ल्याएर पहिलो स्थान कायम गरेको छ। नेपाली कांग्रेसले २४ लाख ५२ हजार ८३, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ११ लाख ६ सय ४७, राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ५१ हजार १ सय ७, जनता समाजवादी पार्टीले ३ लाख ५७ हजार ४ सय ६४ मत पाएका छन्।

जनमत पार्टीले २ लाख ९९ हजार ७ सय ८३, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ले २ लाख ६४ हजार ४ सय ७२, नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार २ सय ९१, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले १ लाख ३७ हजार ७ सय १६ मत ल्याउन सफल भएका छन्। समानुपातिकतर्फको मत गणना जारी रहेको छ।