सुनको मूल्य १ सयले घट्यो

काठमाडौं । आज सुनचाँदी बजारमा छापावाल सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला १ सयले घटेर ९७ हजार ४ सयमा कारोबार भएको छ ।

पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार ४ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ९ सयले घटेको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला ९७ हजार थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार २ सय ८५ कायम रहेको महासङ्घले जानकारी दिएको छ ।