सप्तरीबाट आठ जना नयाँ सांसद

काठमाडौँ । यही मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सप्तरीका मतदाताले यसपटक अधिकांश नयाँ उम्मेदवारलाई निर्वाचित गराएका छन् । चार प्रतिनिसभा र आड प्रदेशसभा रहेको जिल्लामा १२ मध्ये ८ जना नयाँ उम्मेदवार निर्वाचित भएका छन् ।

सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत पनि पहिलो पटकमै सांसद् बन्दै बन्दै छन् । राउतले ३५ हजार ४२ मत ल्याउँदा गत निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित उपेन्द्र यादवले १६ हजार ९ सय ७९ मतमात्र ल्याएका छन् ।

सप्तरी निर्वाचन क्षेत्र नं ३ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेशकुमार यादव चौथो पटकको प्रयासमा संसद् भवनको टिकट पाएका छन् । यसअघि तीनपटक पराजय भोगिसकेका यादवले नेकपा (एमाले) का ताराकान्त चौधरीलाई पराजित ग¥यो ।

सप्तरी १ (१) बाट एमाले केन्द्रीय सदस्य राजकुमार लेखी प्रदेशसभा सदस्य बनेका छन् । त्यसै गरी सप्तरी १ (२) बाट सकिल मियाँ प्रदेशसभा सदस्य बनेका छन् । । मियाँ पहिलोपटक संसदीय चुनावमा होमिएको जनमत पार्टीका उम्मेदवार थिए । उनी जिल्ला विकास समिति सप्तरीको सदस्य समेत रहेका छन् ।

निर्वाचित हुने नयाँ अनुहारमा सप्तरी–२ (१) बाट जनमत पार्टीका सतिशकुमार सिंह पनि छन् । उनी तिलाठी कोइलाडी गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत रहेका छन् । गत स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा उम्मेदवार यहाँ पराजित भएपछि लोसपा परित्याग गरी जनमत पार्टीबाट उम्मेदवार बनेको हो ।

सप्तरी–२ (२) बाट जनमत पार्टीका निर्वाचित महेशप्रसाद यादव पनि नयाँ अनुहार रहेका छन् । उनी यसअघिको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट प्रदेशसभा सदस्यमा उम्मेदवार रहेका थिए ।

सप्तरी ३ (२) बाट विजयी जनमत पार्टीकै शम्भुकुमार साह पनि राजनीतिमा नयाँ छन् । साथै, सप्तरी ४ (२) सदस्यमा पहिलो पटक निर्वाचित स्वतन्त्र उम्मेवार अनिरुद्धकुमार सिंहले ९ हजार ९ सय ८५ मत प्राप्त गरेका छन् ।

यसरी आठ जना नयाँ अनुहार संसद्मा भित्रिँदा जसपा अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव र बहुजन शक्ति पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री विश्वेन्द्र पासवानको संसद् भवन जाने बाटो बन्द भएको छ ।

मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, पूर्वमन्त्री हेमराज तातेड, उमेशकुमार यादव, अनिस अन्सारी, संविधानसभा सदस्य ताराकान्त चौधरी, अशोकुमार मण्डल, निवर्तमान प्रदेशसभा सदस्य विदेश्वरप्रसाद यादव र अभिषेक यादव दोहोरिएर संसद् बन्न सकेनान् । प्रदेशसभा सदस्यमा एक(एक स्थानमा जित हासिल गरेका कांग्रेस र नेकपा (समाजवादी केन्द्र) का प्रदेशसभा सदस्यबाहेक सबै नयाँ अनुहार हुन् ।