प्रदेशसभाको समानुपातिकमा एमाले अग्रता

काठमाडौं । प्रदेशसभाको समानुपातिकतर्फ ६ वटा प्रदेशमा नेकपा एमाले अगाडि देखिएका छन् । निर्वाचन आयोगकाअनुसार प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमाले प्रदेशसभाको समानुपातिकमा अग्रस्थानमा रहेको छ भने मधेस प्रदेशमा भने नेपाली कांग्रेस अगाडि रहेको छ ।

बिहान प्रदेश नं १ मा १७ लाख १५ हजार ५ सय सात, मधेसमा १८ लाख ४१ हजार ४ सय ६१, बागमतीमा १६ लाख ८२ हजार ४ सय ४४, गण्डकीमा ९ लाख १८ हजार आठ ८ सय ३९, लुम्बिनीमा १८ लाख ८७ हजार ७८, कर्णालीमा ५ लाख ७७ हजार ८ सय २९ र सुदूरपश्चिम प्रदेशमा ७ लाख ७८ हजार ३ सय ४ मत गणना भएको छ ।

यसैगरी प्रदेश नं १ मा एमालेले ५ लाख ९९ हजार ९ सय ५९, कांग्रेसले ५ लाख ३ हजार १ सय ६३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ८२ हजार ९ सय ९ र नेकपा ९माओवादी केन्द्रले १ लाख ६८ हजार ७ सय ३४ मत ल्याएको छन् । मधेस प्रदेशमा कांग्रेसले सबैभन्दा बढी ३ लाख ५७ हजार ९ सय २२, एमालेले ३ लाख २१ हजार २ सय १०, जनमत पार्टीले २ लाख ६६ हजार ८ सय ३२, जनता समाजवादी पार्टीले २ लाख ६२ हजार ७ सय ४४ र माओवादी केन्द्रले १ लाख ६७ हजार ६७ मत ल्याएको बताए ।

बागमती प्रदेशमा एमालेले ५ लाख २ हजार ९ सय २३, कांग्रेसले ४ लाख २७ हजार २ सय ३९, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ५७ हजार ८ सय ५७ र माओवादी केन्द्रले २ लाख ३६ हजार ५ सय ५९ मत प्राप्त गरेका छन् । गण्डकी प्रदेशमा एमालेले ३ लाख ४० हजार ५ सय ३३, कांग्रेसले ३ लाख १७ हजार ५ सय ९६ र माओवादी केन्द्रले १ लाख १५ हजार ३ सय ६६ मत प्राप्त गरेका छन्।

लुम्बिनी प्रदेशमा एमालेले ५ लाख ७० हजार ९ सय २१, कांग्रेसले ४ लाख ९९ हजार ९ सय ८६, माओवादी केन्द्रले १लाख ९८ हजार ४ सय ५०, राप्रपाले १ लाख २७ हजार ४ सय ५२ र नागरिक उन्मुक्ति पार्टीले १ लाख २५ हजार ५ सय २१ मत प्राप्त गरेका छन् ।

कर्णाली प्रदेशमा एमालेले १ लाख ८३ हजार ९ सय ५०, कांग्रेसले १ लाख ७० हजार ७ सय ५६, माओवादी केन्द्रले १ लाख ३७ हजार ६ सय ३९ तथा सुदूरपश्चिम प्रदेशमा एमालेले २ लाख ३३ हजार ५ सय २०, कांग्रेसले २ लाख २६ हजार १ सय ७० र माओवादी केन्द्रले १ लाख १३ हजार ८ सय ६३ मत पाएको आयोगले जानकारी दिएको छ ।

प्रतिनिधिसभाको समानुपातितर्फ पनि एमालेको अग्रता देखिएको छ । हालसम्म ९६ लाख ७० हजार ८ सय ३३ मत गणना गर्दा एमालेले सबैभन्दा धेरै २६ लाख ७ हजार ४ सय ७२ मत प्राप्त गरेका छन् । कांग्रेसले २४ लाख ७० हजार २ सय ३४, माओवादी केन्द्रले ११ लाख ९ हजार ७ सय ७९, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७९ हजार ९४, राप्रपाले ५ लाख ५४ हजार ७ सय ५७, जनता समाजवादी पार्टीले ३ लाख ६७ हजार ७ सय ७३ र जनमत पार्टीले ३ लाख १६ हजार छ सय ५३ मत प्राप्त गरेको बताएका छन् ।