उदयपुर–१ मा कांग्रेसका खड्का विजयी

काठमाडौं । उदयपुरको क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता डा नारायण खड्का चौथोपटक निर्वाचित भएका छन् । खड्काले ३१ हजार २ सय ७० मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेकी मञ्जुकुमारी चौधरीले २८ हजार ८ सय ९१ मत प्राप्त गरेकी थिइन् ।

पूर्वसहरी विकास राज्यमन्त्री चौधरी डा खड्काको पुरानै प्रतिस्पर्धी रहेका छन् । उनले विसं २०७४ को निर्वाचनमा वाम गठबन्धनको साथ पाएकी चौधरीलाई पराजित गरेका खड्का यसपटक सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका थिए ।

यस क्षेत्रमा ७६ हजार सात सय ५६ मत खसेको जानकारी दिएका छन् ।