जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । ओखलढुङगामा २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले प्रकाउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका ४ बस्ने ४० वर्षीय अरुण कुमार लिम्बू भन्ने अरुण लिम्बू सुब्वा रहेका छन् । उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

अरूणले ती महिलालाई ओखलढुङगा सिद्धिचरण नगरपालिका ११ मा गत कात्तिक ३ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।