सुनको मूल्य २ सयले बढ्यो

काठमाडौं । आज सुनचाँदी बजारमा छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला २ सयले बढेको छ । मङ्गलबार प्रतितोला ९७ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९७ हजार छ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणा अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार १ सयमा कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार ९ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य बढेको छ । अघिल्लो कारोबारमा मूल्य तुलना गर्दा आज प्रतितोला ५ ले बढेर १ हजार २ सय ९० पुगेको महासङ्घले जानकारी दिएको छ ।