राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिम प्रदेश विजयी

काठमाडौं । यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई पराजित गर्दै विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिम प्रदेश मधेश प्रदेशलाई सात विकेटले पराजित गर्दै विजयी भएको हो । मधेश प्रदेशले सुदूरपश्चिमलाई जितका लागि १ सय २३ रनको लक्ष्य दिएको थियोे । त्यसमा सुदूरपश्चिमले १८ दशमलव ५ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

जितमा दीपक बोहोराले सर्वाधिक ५३ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । त्यस्तै अर्का खेलाडी दीपक बोहोराले २४ रन जोड्दा गजेन्द्र बोहोराले २३ रन जोडेका थिए । मधेशका लागि अविशेक तिवारीले २ विकेट लिए भने साइमन रोयले एक विकेट लिएका थिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङको निम्तो पाएको मधेश प्रदेशले ३८ दशमलव एक ओभरमा अलआउट हुँदै १ सय २२ रन बनाएको थिए । मधेश प्रदेशका लागि अलि अन्सारीले ३२ रन जोडे भने इम्रान शेखले २८ रन जोडेका र मयन यादवले २३ तथा डब्लु मल्लिकले ११ रन बनाएका थिए ।

सुदूरपश्चिमका लागि नरेन साउद एक्लैले ५ विकेट लिए यसैगरी हेमन्त धामीले ३ तथा युवराज खत्रीले २ विकेट लिएका थिए । अपराजित सुदूरपश्चिमले ५ खेलबाट १० अङ्क जोडेका छन् । । यो हारसँगै मधेश प्रदेश प्रतियोगिताबाट बाहिरिएका छन् ।