कम्बोडिया पठाइदिने भन्दै ठगी गर्ने एक पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिने भन्दै करिब २४ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी १० का २७ वर्षीय रामकृष्ण आचार्य रहेका छन्।

आचार्यले सामाजिक सञ्जाल फेसबुक र ह्वाटस् एपको माध्यमबाट पीडितहरूसँग २३ लाख ९७ हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

सामाजिक सञ्जालमा पीडितहरूसँग सम्पर्क गरी कुराकानी गर्दै जाने क्रममा वैदेशिक रोजगारको सिललासिलामा कम्बोडियास्थित होटेल सेक्यूरिटि गार्डमा काम गरिरहेको बताउँदै उनले कम्बोडियाको आकर्षक तलव सुविधा सहितको सेक्यूरिटी गार्डमा काम मिलाउने आश्वासन दिएर रकम लिएका थिए।