दोलखाबाट माओवादी केन्द्रका गङ्गा कार्की निर्वाचित

काठमाडौं । दोलखाबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा माओवादी केन्द्रका गङ्गा कार्कीले ३६ हजार ७ सय ९९ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

यसैगरी उनका प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ३६ हजार ४ सय ८२ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिएका छन् ।

दोलखा प्रदेशसभा–१ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले र प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन्। जिल्लामा जम्मा ९४ मतदानस्थल र १ सय ९५ मतदान केन्द्र रहेका थियो ।

त्यस्तै कूल १ लाख ६१ हजार ४ सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएको बताएका थिए ।