सुनको मूल्य बढ्यो

काठमाडौं ।आज सुनचाँदी बजारमा छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ४ सयले बढेको छ । हिजो प्रतितोला ९९ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९९ हजार ९ सयमा कारोबार भएको छ।

यसैगरी नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ४ सयमा कारोबार भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजारमा कारोबार भएको थियो ।

त्यस्तै अघिल्लो कारोबार मूल्यका तुलनामा आज चाँदीको मूल्य प्रतितोला १५ ले बढेर १ हजार ३ सय ८५ पुगेको महासङ्घले जानकारी दिएको छ ।