सुदूरपश्चिम महोत्सवमा प्रधानमन्त्री देउवाद्धारा उद्घाटन


काठमाडौं । यही मङ्सिर २२ गते कैलालीको धनगढीमा सुरु हुने सुदूरपश्चिम महोत्सव प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन् ।

महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य सङ्घद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष पुष्पराज कुँवरले प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने उक्त महोत्सवको तयारी अन्तिम चरमा पुगेको जानकारी दिएका छन् । महोत्सव उद्घाटन समारोहमा विभिन्न जातिका संस्कृति झल्किेन झाँकी नृत्य प्रदर्शन गर्ने तयारी गरेका छन् ।

यसैगरी सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कलासंस्कृति र व्यापार व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गरिँदै आएको छन् । कोरोना महामारीका कारण विगत २ वर्ष महोत्सव आयोजना गर्न नसकेको बताएका छन् । उक्त महोत्सवमा स्थानीय खानाका परिकार, कृषिउपजलगायतका झण्डै चार सय कक्ष रहने बताए । आगामी पुस २ गतेसम्म सञ्चालन हुने उक्त महोत्सव अवधिमा झण्डै १० करोडको कारोबार हुने सङ्घले जानकारी दिएको छ ।