स्वयंसेवीे हत्या गरेको आरोपमा ५ जनालाई मृत्युदण्ड

काठमाडौँ । इरानको अदालतले नोभेम्बरको सुरुमा बसिज स्वयंसेवी बलका एक सदस्यको हत्या गरेको आरोपमा १६ जनालाई दोषी ठहर गरेको छ । तीमध्ये ५ जनालाई प्रारम्भिक मृत्युदण्डको सजाय सुनाएको अर्ध सरकारी समाचार समिति तस्निमलजे मङ्गलबार जनाएको छ ।

पत्रकार सम्मेलनमा घोषणा गदै इरानी न्यायपालिकाका प्रवक्ता मसुद सेतायेशीले ३ नाबालिकासहित ११ जना दोषीहरूलाई जेल सजाय सुनाइएको छ ।

अल्बोर्ज प्रान्तको इस्लामिक क्रान्तिकारी अदालत र फौजदारी अदालतले सोमबार क्रमशः वयस्क र नाबालिग पक्राउ परेकाहरूलाई अपराधको लागि मुद्दा चलाएर फैसला सुनाएको सेतायेशीले जानकारी दिएको छ ।