लैङ्गिक हिंसा अन्त्यका लागि घरबाटै अभियान सुरू

काठमाडौं । राजविराजमा आज आयोजित एक कार्यक्रमका वक्ताले लैङ्गिक हिंसा अन्त्यका लागि घरबाटै अभियान सुरू गर्नुपर्ने बताएका छन् ।

यसैगरी लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानअन्तर्गत दैनिक कार्यक्रम गर्दै आएको मूल समारोह समितिले गरेको लैङ्गिक हिंसाको अवस्था र समाधानका उपाय विषयक अन्तक्र्रिया कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लालदासले महिला हिंसा अन्त्यका लागि घरबाटै छोरा र छोरीबीचको विभेदको अन्त्य गर्नुपर्ने बताए। उनले सामाजिक सुरक्षालाई विशेष महत्त्व दिएर समानता कायम गर्नुपर्ने धारणा राखेका छन् ।

कार्यक्रममा लैङ्गिक हिंसाविरूद्ध अभियानमा संलग्न अधिकारकर्मीलाई सम्मान गरिएको थियो । अन्तक्र्रिया कार्यक्रमअघि हिंसाविरुद्धको प्लेकार्डसहित निक्लिएको जुलुसले नगर परिक्रमा गरेको थियो ।