सुनको मूल्य बढ्यो

काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा छापावाल सुनको मूल्य बढ्ेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ६ सयले बढेर १ लाख ३ सयमा कारोबार भएको छ । गत बिहीबार प्रतितोला ९९ हजार सात सयमा सुनको कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला र ९९ हजार ८ सयमा कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला ९९ हजार २ मा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य बढ्ेको छ । अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला ३० ले बढेर १ हजार ३ सय ९० मा कारोबार भएको महासङ्घले जानकारी दिएको छ ।