गठबन्धन ५ वर्षसम्म कायम हुनुपर्छ : नेता भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले गठबन्धन आगामी ५ वर्षसम्म कायम रहनुपर्ने बताएका छन् ।

यसैगरी दमौलीको बिपी स्मृति भवनमा आयोजित निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै उनले निर्वाचनमा अपेक्षाअनुसार मत प्राप्त नगरे पनि ५ वर्षसम्म गठबन्धन टुट्न दिन नहुने बताए।

भण्डारीले सङ्गठन सुदृढीकरण गर्न सकेको भए निर्वाचनमा कांग्रेसले अझ बढी सिट जित्न सक्थ्यो भन्दै सङ्गठन सुदृढीकरणमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका थिए ।