सुकुम्बासी विष्णु पौडेलले कसरी ठडाए भैंसेपाटीमा करोडौंको यो बंगला

राजनीति भन्ने जिनिस नै यस्तै । यही आडमा हिजो हात्तीछाप चप्पल पड्काउदै शहर छिरेका र राजनीतिमा होमिएकाहरु आज अर्बाै सम्पत्तिका मालिक बन्न सफल भएका छन् । 
यस्ता पात्र र प्रवृत्ति राजनीतिमा धेरै देख्न पाइन्छ । तिनै मध्येका एक हुन नेकपाका महासचिव विष्णु पौडेल । जो बालुवाटारको सरकारी जग्गा प्रकरणमा मुछिए । तिनैलाई निर्दाेष सावित गर्ने प्रधानमन्त्री,मन्त्रीदेखि नेकपाकै नेताहरुलाई भ्याइ नभ्याई छ । अहिले चर्चा र बहसको बिषय बनिरहेको छ बालुवाटारको ‘आठ आना’ जग्गा । यो सरकारी जग्गा कीर्ते गरी पौडेलले आफ्ना पुत्र नविन पौडेलको नाममा पारिएको छ ।

पचासका दशकसम्म सुकुम्वासी भनिएका विष्णु पौडेल एक दशकमा करोडपति र अर्काै दशकमा अर्बाैको सम्पति थुपारिसकेकका छन् । यो सम्पत्तिको स्रोत के हो ? अरुलाई लाग्ने सम्पत्ति शुद्धिकरणको मुद्धा नेताहरुलाई चाहिँ लाग्ने कि नलाग्ने ?

प्रंसग हो ०५२ सालको त्यो समयसम्म पौडेल सुकुम्वासी थिए वा रहेछन् । उनले त्यसबेला सुकुम्वासी आयोगमा आफुले दिएको निवेदन र सो अुनसार सुकुम्बासीका नाममा जग्गा प्राप्ती गरेको विवरण सरकारी निकायमा भेट्न पाइन्छ । सो समयमा उनले सुकुम्वासीका नाममा १८ धुर जमिन प्राप्त गरेका बिवरण उनकै गृहजिल्ला रुपन्देहीको मालपोत कार्यालयमा डढ्टा पल्टाउने हो भने भेटिन्छ ।

पौडेलले २०५२ साल असोज १९ गते वुटवलको दीपनगगरको कित्ता नम्वर २९ बाट १५ र कित्तानं ६४ बाट ३ गरी १८ धुर जमिन हातपारेका थिए । यो जमिन मूलराजमार्गभन्दा सयमिटरमात्र दूरीमा थियो । अर्थात उनले त्यसबेला राज्यको सुकुम्वासी नागरिक बनेर यो जमिन पाएका देखिन्छ ।
आज उनी करोडपति बनेका छन् । भैसेपाटीमा मात्र पौडेलको करोडौंको बंगला छ । झट्ट हेर्दा यो कुनै उद्योगी वा व्यापारीको झैं लाग्छ । करोडौं माथिको यो बंगलाले वप्रश्न उठाउँछ केही वर्ष अघिसम्म सुकुम्बासी रहेका पौडेल कसरी छोटो समयमै अर्वौका मालिक बने ? यसको छानबिन हुनुपर्ने कि नपर्ने ? कर्मचारीको मात्र सम्पत्ति खोजविन हुन्छ । भ्रष्टाचारको आरोप लागेर जेल जान्छन । के नेता हुँदा उनीहरुका जतिसुकै अनियमिततामा पनि सात खत माफ हुने हो ?

पौडेलको हैसियत भने सुकुम्वासी हुने थिएन । यतिबेला उनी आफै भनिरहेका छन् –स्याङजामा निकै राम्रो हैसियतको परिवार हो उनको । तर मनचाहिँ सुकुम्वासी भएछ र उनले त्यस्तो जमिन लिए र त्यसमा एकतले घर पनि बनाएका थिए । पछि बेचेको कुरा सार्वजनिक भयो । उनको त्यो घरजग्गा पवित्रा थापा नामगरेकी महिलाले खरिद गरेको कुरा रिपोर्ट सार्वजानिक भइसकेको छ । 
त्यो जग्गा पनि उनका छोराको नाममा थियो जो यतिबेला चर्चामा आएको बालुवाटारको आठ आनापनि छोराकै नाममा छ ।