धादिङको मूलपानीमा वृद्ध दम्पती मृत भेटिए

काठमाडौं । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आलेमगर र निरमाया आलेमगर आफ्नै घरमा मृत भेटेका छन् ।

उनीहरुलाई आज बिहान ८ बजे स्थानीयवासीले मृत्तावस्थामा फेला पारेको त्रिपुरासुन्दरी–३ का वडाध्यक्ष कमल आलेमगरले जानकारी दिएका छन् । उनी जस्ता र काठको कच्चीघरमा बस्दै आएका थिए ।

विष्णुबहादुरको शव घरबाहिर खाटमा उत्तानो परेको अवस्थामा छ, निधारमा र दाँहिने आँखामाथि चोट देखिन्छ, शरिरमा भने कपडा ओडिइराखेको अवस्थामा छ, घटनास्थल पुगेका वडाध्यक्ष आलेमगरले भने, निरमाया घरभित्रै देखिन्छ, बाहिरबाट काठको प्वालबाट हेर्दा खुट्टा मात्रै देखिन्छ, हामीभित्र पसेका बताएका छन् ।

मृत भेटिएका दम्पत्तीका १ छोरी र २ छोरा छन् । छोरा काठमाडौँमा व्यवसाय गर्दै आएको र छोरीको विवाह भएसकेको स्थानीयवासीले जानकारी दिएका छन् । घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोलीले बताए ।