जुम्लामा १५० मेघावाटको जलविद्युत परियोजना बन्ने

काठमाडौं । जुम्लामा बिजुलीको क्षमता अपुग भइरहेको हुनाले १५० मेघावाटको जलविद्युत परियोजना अगाडि बढ्ने भएको छ ।

नेपाल विधुत प्राधिकरणको बोर्ड वैठकले १५० मेघावाटको उक्त परियोजना अगाडि बढाउने बताएका छन् । बुधबार बसेको प्राधिकरणको बोर्ड बैठकमा सिँचाइ मन्त्री पम्फा भुसालको अध्यक्षतामा करिब ३५ अर्व लगानी बराबरको जलविद्युत परियोजना अगाडि बढाउने निर्णय भएको बताइन् ।

जलविद्युत परियोजना २०७८ साल अगाडि बढाउन डेक्स स्टडीसहित जुम्लाबाट कर्णाली प्रदेशमा प्रतिनिधित्व गर्ने निवर्तमान सांसद तथा कर्णालीका पूर्वमन्त्री नरेश भण्डारीले १ वर्ष अघि निवेदन दर्ता गरेका थिए। सोही अनुसार नेपाल विद्युत प्राधिकरणले प्रक्रिया अगाढि बढाएको बताएका छन् ।

यसैगरी जुम्ला र कर्णालीका लागि आफ्नै पानीबाट उत्पादन हुने मेघावाटस्तरको जलविद्युत क्षेत्रमा बृहत परियोजना अगाडि बढ्ने भएपछि दिर्घकालिन बिजुलीको व्यवस्थापन हुने भन्दै जुम्लाका स्थानीय समुदाय ख्शी भएको बताए ।

कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारीका अनुसार तिला र जवाको पानी प्रयोग गर्नेगरी परियोजना अगाडि बढ्ने भएको जानकारी दिएका छन् ।