अवैध लागूऔषध सहित २ जना पक्राउ

काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका २ फुटाहाबाट अवैध लागूऔषध करिब ४ ग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही गाउँपालिका १ डाँफे बस्ने १६ वर्षीय किशोर समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतीर् साइकलमा आउँदै गरेका उनीहरुलाई प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको बताएका छन् ।

उनीहरुलाई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरेको जानकारी दिएका छन् ।