१ थान कटुवा पेस्तोल सहित पक्राउ

काठमाडौँ । सिरहाको विष्णुपुर गाउँपालिका(३ राजपुर बस्ने २८ वर्षीय विन्दे दासलाई १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित प्रहरीले बुधबार राति पक्राउ गरेको छ ।

सोही गाउँपालिका(३ राजपुरस्थित आफन्तको विवाहमा आएका मिर्चैया नगरपालिका(१ बस्ने सौखिया कापरको स ५ प ४३९३ नम्बरको मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको प्रहरीले बताएका छन् ।

अनुसन्धानको क्रममा सोही ठाउँ बस्ने २८ वर्षीय सरोज यादव र निज विन्देले मोटरसाइकल चोरी गरी लगेको भन्ने खुल्न आएपछि उनीहरुको खोजी गर्ने क्रममा विन्देलाई घरमै लुकिछिपी बसेको अवस्थामा फेला पारी जाँच गर्ने क्रममा विन्देले कम्मरमा भिरी राखेको १ राउण्ड गोली लोड भएको अवस्थामा उक्त हतियार सहित फेला पारी विन्देलाई पक्राउ गरेको जानकारी दिएका छन् ।

हाल फरार सरोजको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान बताएको छ ।