सामान्य अंकले बढ‍्यो सेयर बजार

काठमाडौँ । नेप्से परिसूचक झिनो अंकले बढेको छ। सेयर कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक ३.८३ अंकले बढेर १८५८.८९ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.१५ प्रतिशतले बढेर ३६३.९७ विन्दुमा अडिएको छ।

सोमबार ८८ करोड ६० लाख ९८ हजार ५६८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार १ अर्ब १५ करोड ७१ लाख बराबरको सेयर कारोबार भएको थियो।

नेप्से परिसूचक २७.५४ अंकले घटेको थियो। आज २ सय ५१ कम्पनीको २६ लाख ९९ हजार ३ सय ३१ कित्ता सेयर ८८ करोड ६० लाख ९८ हजार ५ सय ६८ रुपैयाँमा खरिदबिक्री भएको छ ।

नेप्से सामान्य अंकले बढे पनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ। कारोबार रकमका आधारमा प्राइम कमर्सियल बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको ६ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेको छ ।

कारोबारमा आएका १३ समूहमध्ये ९ समूहको सूचक बढ्यो भने ४ को घट्यो। डेभलपमेन्ट बैंक, फाइनान्स, होटल्स एन्ड टुरिजम, इन्‍भेस्टमेन्ट,लाइफ इन्स्योरेन्स, मनु एन्ड प्रो,म्चुअल फन्ड, नन लाइफ इन्स्योरेन्स र अदर्शको सूचक सकारात्मक देखिएको छ, भने बैंकिङ, हाइड्रोपावर, माइक्रो फाइनान्स र ट्रेडिङ समूह सूचक भने ओरालो लागेको छ।