जालपा देवी सेवा समाज काठमाण्डौंको अध्यक्षमा मिट्टु रावल

काठमाडौं । अछाम जिल्लाको बान्निगढी गाउंपालिका वडा नं ५ स्थायी बसोबास भई काठमाडौंमा विभिन्न पेशा व्यवसाय गर्दै आईरहेका व्यक्तिहरुले स्थापना गरेको जालपा देवी सेवा समाजको साधारण सभा सम्पन्न भएको छ । साविकको कालिका गाविस थातथाले भई काठमाडौंमा बसोबास गरिरहेका व्यक्तिहरुवीच पारम्परिक सहयोग र जन्मा स्थानको विकासका लागि सो संस्था स्थापना गरिएको थियो । कोटेश्वर स्थित नवज्योति स्कूलमा पौष २ गते साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाले मिट्टु बहादुर रावल को नेतृत्वमा ११ सदस्यको नयाँ कार्य समिति निर्वाचित भएको छ जसमा उपाध्यक्ष्य हर्क बहादुर रावल, सचिव मा भरत रावल, सह सचिवमा तारा रावल, कोषाध्यक्ष्यमा राम बहादुर रावल र सदस्यहरुमा शिव राज ढुगांना, धर्म राज शाही, कुमारी शकुन्तला रावल, निर्मला रावल, धर्म रावल र लक्ष्मण साउद छन् ।