राजावादी पशुपति शम्शेरबाट गणतन्त्रवादी प्रचण्ड लगायतले शपथ लिने

काठमाडौं ः राजावादी पार्टीका रुपमा रहेको राप्रपा एवं त्यसका नेता पशुपति शम्शेर राणाले गणतन्त्रवादी नेता प्रचण्ड लगायतका नवनिर्वाचित सांसदहरुलार्य शपथ ख्वाउने भएको छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत प्रतिनिधिसभातर्फ निर्वाचित सांसदहरुले आज शपथ ग्रहण गर्दैछन्। जेष्ठ उमेरका कारण राणाले आज सांसदहरुलाई शपथ ग्रहण गराउन लागेका हुन् ।

प्रत्यक्षबाट १६५ र समानुपातिकबाट निर्वाचित १०९ जना सांसदहरुलाई आज जेष्ठ सदस्य पशुपतिशम्शेर राणाले शपथ खुवाउनेछन्।

जेष्ठ सदस्यका राणाले भने हिजो नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन्। उनी राप्रपाको समानुपातिकबाट सांसदमा निर्वाचित भएका हुन्। कुनै सदस्यले मातृभाषामा शपथ लिन चाहेमा उनको इच्छा बमोजिम शपथको पत्र तयारी गरिएको छ।

सचिवालयले शपथसँगै नवनिर्वाचित सदस्यलाई सङ्घीय संसद्को प्रतीक चिह्न ९लोगो० प्रदान गर्नेछ। सुन, चाँदी र तामा जडित प्रतिलोगो करिब पाँच हजार आठ सय रुपैयाँको लागतमा तयार भएको हो।

सोही समारोहमा सदस्यलाई नेपाली उत्पादन अल्लोको झोलासहित नेपालको संविधान, डायरी, कलम, संसद्सम्बन्धी नियमावली, निर्देशिका, अन्य प्रकाशन उपलब्ध गराइने सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए।