बालेनको डोजर भूमाफियाको आँगनमा पुगेपछि घरधनी बेपत्ता भाडामा बस्नेको विचल्ली

काठमाडौं । डोजरको चर्चा आउने वित्तिकै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको नाम चर्चित हुने गरेको छ । मेयरमा निर्वाचित भएसँगै काठमाडौं महानगरपालिका क्षेत्रभित्र अतिक्रमित गरेर बनाइएका घर टहराहरु भत्काउने अभियानमा बालेन जुटेपछि जताततै बालेको डोजर चर्चामा आएको हो ।

बुधबार पनि काठमाडौंको बानेश्वरस्थित धोबीखोला किनारमा अतिक्रमित संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएपछि भूमाफियाका रुपमा रहेका घरधनि बेपत्ता भएका छन् भने भाडाबा बस्नेहरुको विचल्ली भएको छ ।

काठमाडौं महानगरपालिकाको डोजरले खोला किनार आसपासमा अतिक्रमित संरचना भत्काउन थालेपछि त्यहाँका टहरामा व्यापार गर्दै आएका व्यवसायीले अहिले धमाधम आफ्नो सामान अन्य ठाउँमा सार्न थालेका हुन् ।
महानगरपालिकाको डोजरले आफूले व्यापार गर्दै आएको र बस्दै आएको ठाउँ भत्काउने भएपछि उनीहरूले आफ्नो सामानलाई क्षति नहुनेगरी सुरक्षित ठाउँमा सार्न थालेका हुन् ।