को बन्ला कांग्रेस संसदीय दलको नेता

काठमाडौं । नेपाली कांग्रसको संसदीय दलका नेता चुनिने तयारी गरिरहँदा कांग्रेस भित्र पहिलो पटक युवा नेतृत्वका लागि गगन थापाले आफूलाई प्रस्तुत गरेका छन् ।

सदाबहादर संसदीय नेता बनिरहेका शेरबहादुर देउवा विरुद्ध थापा उठेका छन् । सामाजिक सञ्जालमा युवाहरुको आकर्षण बढिरहेका बेला गगन थापाले भावी प्रधानमन्त्रीका रुपमा आफूलाई प्रस्तुत गर्र्द संसदीय नेताका रुपमा उभिएका हुन् । यसले नेपाली कांग्रेस भित्र पनि युवा पुस्ताको लहर चलिरहेको देखिन्छ ।

गगनलाई नेता शेखर कोइरालासहित महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेलले समेत साथ दिएका छन् भने देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंहलगायत जेष्ठ नेताहरुकाको साथ रहेको छ ।

कांग्रेसका प्रत्यक्षतर्फ ५७ र समानुपातिकमा ३२ गरी ८९ जना सांसद छन् । दलको नेता चयन हुनका लागि बहुमत अर्थात ५१ प्रतिशत मत ल्याउनुपर्ने छ ।