१६ भारतीय औषधी कम्पनी मध्ये रामपदेवको दिव्या कम्पनीमा पनि कालो सूचिमा

काठमाडौं । नेपालमा आयात भईरहेको भारतीय औषधी कम्पनी मध्ये १६ वटा कम्पनीलाई नेपालमा कालोसूचिमा राखिएको छ । त्यस मध्ये चर्चित योगी रामदेवको औषधी कम्पनी दिव्या फार्मेसी पनि परेको छे । नेपालको औषधि नियामक निकाय औषधी व्यवस्था विभागले १६ भारतीय औषधि कम्पनीलाई कालोसूचीमा राखेको छ । थियो जसमा योगी रामदेवको कम्पनी दिव्या पनि कालोसूचिमा परेको छ ।

विश्व स्वास्थ्य संगठनको औषधी उत्पादन मापदण्ड पालना गर्न असफल भएपछि रामदेवको औषधी फार्मेसी कालोसूचिमा परेको हो । औषधि व्यवस्था विभागले यी औषधि आपूर्ति गर्ने नेपालका स्थानीय एजेन्टलाई तत्काल फिर्ता लिन सूचना जारी गरेको छ । ती औषधि नेपालमा पैठारी गरी वितरण गर्न नपाइने सूचनामा उल्लेख छ ।

दिव्या फार्मेसी बाहेक, सूचीमा रेडियन्ट पेरेन्टेरल्स लिमिटेड, मर्करी ल्याबोरेटरीज लिमिटेड, एलायन्स बायोटेक, क्याप्टाब बायोटेक, एग्लोमेड लिमिटेड, जी ल्याबोरेटरीज, ड्याफोडिल्स फार्मास्युटिकल्स, जीएलएस फार्मा, युनिजुल्स लाइफ साइन्स, कन्सेप्ट फार्मास्युटिकल्स, श्री आनन्द लाइफ साइन्सेस, आईपीसीए प्रयोगशाला, क्याडिला हेल्थकेयर, डायल फार्मास्यूटिकल्स र म्याकुर प्रयोगशालाहरू सामेल छन् ।