सुलिकोट गाउँपालिकामा मोतियाबिन्दुको नि :शुल्क शल्यक्रिया

काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका ७५ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।

सुलिकोट गाउँपालिकाको समन्वय तथा नेपाल नेत्रहीन सङ्घ, नेपाल नेत्र ज्योती सङ्घ र भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा १५ दिनसम्म चलेको निःशुल्क आँखा शिविरका क्रममा मोतियाबिन्दु भएका बिरामीको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक कृष्ण भट्टले जानकारी दिएका छन् । उनीहरुको ताकुमाझ लाकुरीबोट स्वास्थ्यचौकीमा निःशुल्क शल्यक्रिया गरेको हो ।

शिविरबाट पालिकाभित्रका ६ सयभन्दा बढी आँखाका बिरामीले निःशुल्क सेवा लिएका भट्टले बताए । गाउँपालिकाभित्र रहेका ८ वडामध्ये वडा नम्बर १ र २ मा मोतियाबिन्दु पहिचान भएका ४३ जनाको शल्यक्रिया गर्न बाँकी रहेको उनले बताएका छन् ।

यही पुस ११, १२ र १३ गते उनीहरुको शल्यक्रिया गरिने भएको छ र शिविरमा आँखा परीक्षणका क्रममा समस्या देखिएका बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको जानकारी दिएका छन् ।