त्रिभुवन विमानस्थलमा उडान प्रभावित

काठमाडौँ । आज बिहानैदेखि काठमाडौँ उपत्यकामा हुस्सु/कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन् । बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेको बताएका छन् ।

विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन सकेपनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको जानकारी दिएका छन् ।

खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको उनले बताए । मौसममा सुधार आएपछि नियमितरुपमा विमान उडान हुने महाप्रबन्धक ठाकुरले बताएका छन् ।