लागूऔषध सहित १ जना प्रक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-४ शंखपार्कबाट अवैध लागूऔषध चरेसजस्तो देखिने पदार्थ करिब १ सय ग्राम सहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ओखलढुंगा खिजिदेम्बा गाउँपालिका-९ घर भएका २४ वर्षीय काजी शेर्पालाई रहेका छन् । उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । चेकिङमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा पठाओ मोटरसाइकलमा सवार शेर्पाको साथबाट ६० ग्राम सहित फेला पारेका थिए ।

थप अनुसन्धान गर्ने क्रममा उनी बस्ने गेष्ट हाउसको कोठाबाट थप ४० ग्राम र नगद ६ हजार ५ सय रूपैयाँ सहित उनलाई पक्राउ गरेको जानकारी दिएका छन् ।