नेपालमा २ मैत्रीपूर्ण फुटबल खेल्ने

Football.

काठमाडौं । स्पेनिस फुटबल क्लब काथेरेन्यो एफसीले नेपालमा २ वटा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरीलुम्बिनी गार्डेन फाउन्डेसनले मैत्रीपूर्ण खेलबारे जानकारी दिएका छन् ।

क्लबले पोखरा रङ्गशालामा पुस १३ गते र दशरथ रङ्गशाला काठमाडौंमा पुस १४ गते मैत्रीपूर्ण फुटबल खेल्ने पाउन्डेसनले जानकारी दिएको छ ।

स्पेनिस क्लबविरुद्ध पोखरामा गण्डकी–११ ले राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङको कप्तानीमा प्रतिस्पर्धा गर्ने बताएका छन् । यसैगरी दशरथ रङ्गशालामा हुने अर्को खेलमा काठमाडौं–११ को कप्तानी बिराज महर्जनले खेलने भएका छन् ।

मैत्रीपूर्ण खेलमार्फत नेपालमा फुटबलको विकास तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरेका छन् ।