पाकिस्तानी प्रधानमन्त्रीले प्रचण्डलाई दिए बधाई

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले नेपालको प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त भएकोमा हार्दिक बधाई ज्ञापन गरेका छन् ।

पाकिस्तानी प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डप्रति बधाई ज्ञापन गर्दै क्षेत्रीय साझेदारका रुपमा पाकिस्तान र नेपालबीच सुमधुर सम्बन्ध रहेको बताएका छन् ।

शरिफले भने हाम्रो दुईपक्षीय सम्बन्ध तथा क्षेत्रीय सहयोगलाई अझ सुदृढ तुल्याउन प्रधानमन्त्री प्रचण्डसँग सहकार्य गर्न प्रतीक्षा गरिरहेको छु ।