शिवपुजनको हत्यामा संलग्न सार्वजनिक

काठमाडौँ । गोली प्रहारबाट १ जना भारतीय नागरिकको हत्यामा संलग्न मुख्य अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय बाराले सार्वजनिक गरेका छन्।

भारतको विहार, मोतिहारी छौडादाने पिप्रा बस्ने अन्दाजी ४५ वर्षीय शिवपूजन यादवलाई छातीमा गोली हानी हत्या गर्ने मुख्य अभियुक्त भारत विहार जिल्ला मोतिहारी थाना घोडासहान ग्राम सेखौना–१ निवासी ३८ वर्षीय प्रमोद राम रहेकोे प्रहरी उपरीक्षक होमीन्द्र बोगटीले जानकारी दिएका छन् ।

राम १० दिनदेखि नेपालमा बस्दै आएका थिए । उपरीक्षक बोगटीका अनुसार मृतक यादवलाई निज रामले नै फोन गरी खाजा खान बोलाएको थियो भने खाजा पसलबाट नै सुटरलाई फोन गरी बोलाई हान्न लगाएका थिए ।

पुस ८ गते बेलुका साढे ५ बजे जिल्ला बारा महागढीमाई नगरपालिका–२ भुतही खोला अगाडि नं नखुलेको भारतीय मोटरसाइकलमा सवार अपरिचित २ जना व्यतिmहरूले शिवपूजनलाई बोलाई छातीमा एक राउन्ड गोली हानी फरार भएको बताएका छन् ।

यादवको परवानीपुर गाउँपालिका–५ स्थित रहेको एलएस न्यूरो अस्पतालमा मृत्यु भएको र उनको मृत्यु भयो कि भएन भनेर अस्पतालमा नै पुगी मुख्य अभियुक्त रामले हत्या गर्ने गिरोहलाई सूचना गरेका थिए । राममाथि शङ्का लागेर निजसँग कुराकानी गर्दै जाँदा उसको मोबाइलमा २ जनाको फोन भएको कुरा भेटिएको थियो ।

त्यसपछि झनै शङ्का बढ्यो अनि उनलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दै जाँदा १ दिनमा मात्र, सुटरसँग ६२ चोटि फोन गरेको रेकर्ड भेटिएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिएका छन् ।