सुशासन, समृद्धि र राष्ट्रहितमा काम गर्न ओलीको निर्देशन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशासन, समृद्धि र राष्ट्रहितमा काम गर्न निर्देशन दिएको सचिवालयले जानकारी दिएको छ  ।

मंगलबार बिहान निजी निवास बालकोटमा बोलाएर अध्यक्ष ओलीले  जनहितमा काम गर्न पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई निर्देशन दिएका हुन् ।

एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा बिना विभागीय मन्त्रीहरु दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्रकुमार राई बालकोट पुगेका थिए । पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारमा एमालेबाट चार जना मन्त्री सहभागी भएका छन् ।