आज सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला २ सयले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५ सयमा कारोबार भएको थियो । सुनको मूल्य आज प्रतितोला १ लाख ७ सयमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ सयमा कारोबार छ । अघिल्लो दिन तेजाबी सुन १ लाखमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार ३ सय ९० कायम रहेकोे महासङ्घले जानकारी दिएको छ ।