मोटरसाइकल चारी गरेको आरोपमा पक्राउ

काठमाडौँ । मोटरसाइकल चोरी गरेको आरोपमा एक जान पक्राउ परेको छ । वीरगंज महानगरपालिका–८ स्थित पार्कीङ गरी राखेको धोबिनी गाउँपालिका–४ लंगडी बस्ने रामबाबु कुमार गुप्ताको प्र.२–०३–००७ प १७६६ नम्बरको मोटरसाइकलमा मास्टर साँचोको प्रयोग गरी राम प्रवेशले चोरी गरी लाँदै गरेको अवस्थामा प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।

प्रहरीले अनुसन्धानको गर्ने क्रममा उनीहरूले बिभिन्न मिति र स्थानबाट अन्य मोटरसाइकलहरू समेत चोरी गरेको खुल्न आएको छ । उनीहरूले चोरी गरेको ना.५२ प ५०२४, ना.२७ प ७८४७, ना.११ प ११२१, ना.५३ प ७१०६, ना.३७ प ९८१८, ना.४६ प ८६२७ र प्र.०३–००८ प ७१८६ नम्बरको मोटरसाइकलहरू बरामद गरी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।