नियम विपरीत राखिएका सुरक्षाकर्मी फिर्ता गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी र सहयोगीलाई ४८ घण्टाभित्र फिर्ता गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

आज मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बहालवाला तथा पूर्व कर्मचारी र सुरक्षाकर्मीहरूले नियम विपरीत राखेका व्यक्तिगत सुरक्षाकर्मीहरू र सहयोगीलाई ४८ घण्टाभित्र फिर्ता गर्न मातहतका निकायलाई निर्देशन दिएको हो ।

विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापनलाई अझ प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउनको लागि विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ जारी भई हाल कार्यान्वयनमा रहेकोले उक्त कार्यविधिमा तोकिएभन्दा विपरीत सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगीहरू फिर्ता गर्न निर्देशन दिएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।