फिरौती माग्ने एक युवक पक्राउ

काठमाडौँ । मधेस प्रदेश प्रहरीले १० लाख फिरौती माग्ने १ युवकलाई धनुषाबाट पक्राउ गरेको छ । प्रहरीको अनुसन्धान टोलीले रोशन कन्सट्रक्सनमा काम गर्ने राजकुमार साहसँग १० लाख फिरौती रकम माग गर्दै आएका १ युवकलाई पक्राउ गरेको बताएका छन् ।

पक्राउ पर्नेमा धनुषा जनकनन्दनी गाउँपालिका चन्हा खजुरीका अन्दाजी २५ वर्षीय कमल मण्डल रहेको अनुसन्धान अधिकृत उमाशङ्कर साहले बताए । निरीक्षक साहका अनुसार कन्सट्रक्सनमा काम गर्ने साहसँग १० लाख मागेको नदिए ज्यान मार्ने धम्की दिँदै आएका थिए ।

विशेष सूचनाका आधारमा उनीलाई घरबाटै हिरासतमा लिइएकोे र थप अनुसन्धानका लागि मण्डललाई जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाइएको जानकारी दिएका छन् ।