सुनको मूल्य प्रतितोला १ लाख एक हजार १ सय पुग्यो

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार १ सयमा कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७ सयमा कारोबार भएको थियो । सुनको मूल्य आज प्रतितोला ४ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ सयमा कारोबार भएको. छ । अघिल्लो दिन १ लाख २ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १० ले बढेर प्रतितोला १ हजार ४ सय पुगेको महासङ्घले जानकारी दिएको छ ।