नेप्से आज ११ .८१ अंकले घट्यो

आज फाइनान्स, जलविद्युत्, बीमा र म्युचल फन्ड समूहबाहेक सबै समूहको शेयर घटेकोमा होटल तथा पर्यटन, माइक्रोफाइनान्स र विकास बैंक समूहको शेयर उच्च अंकले ओरालो लागेको छ ।

आज काराेबार भएका २ सय ५७ वटा कम्पनीका ६५ लाख ३० हजार कित्ता शेयर २ अर्ब १५ करोड रुपैयाँमा कारोबार गरेकाे छ ।  कारबारकाे भएकाे अाधारमा सबैभन्दा धेरै नबिल बैंकको ८ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर किनबेच गरेकाे छ । भने  माहुली लघुवित्त वित्तीय संस्थाको शेयर सबैभन्दा धेरै ५.२० प्रतिशतले घटेको छ ।

सेन्ट्रल फाइनान्स, प्रभु लाइफ इन्सुरेन्स, धौलागरिरि लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था र सृजनशील लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ ।