सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुरु

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा साझेदार दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा सरकारलाई समर्थन गरेका राजनीतिक दलका नेताहरूसहितको बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएका छन् ।

बैठकले मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटको टुङ्गो लगाउने बताएका छन् । प्रदेश सरकार गठनको विषयमा समेत बैठकमा छलफल हुने नेताहरूले जानकारी दिएका छन्।

यसैगरी बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका गृहमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, जनता समाजवादी पार्टी, जनमत पार्टीका प्रतिनिधिलगायत स्वतन्त्र संसदहरुको उपस्थिति रहेको बताए ।