एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा दाहाल

काठमाडौँ । नेकपा एमालेको राष्ट्रियसभाको संसदीय दलको नेतामा देवेन्द्र दाहाललाई मनोनित गरिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले सङ्घीय संसदीय दलको विधान, २०७७ बमोजिम दाहाललाई संसदीय दलको नेतामा मनोनित गरेका हुन्।

नेता भट्टराईले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएपछि संसदीय दलको नेता पद प्राप्त गरेका थिए । यसअघि उनी दलका प्रमुख सचेतक रहेको बताएका छन् ।