सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला २ सयले घटेर १ लाख ९ सयमा कारोबार भएको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख १ हजार १ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ सयका कारोबार भएको छ । यसको मूल्य अघिल्लो दिन १ लाख ६ सयमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला २० ले घटेर १ हजार ३ सय ८० मा कारोबार भएको महासङ्घले जानकारी दिएको छ ।