लुम्बिनी प्रदेश सभाको बैठक पुस १८ गते हुने

काठमाडौँ । लुम्बिनी प्रदेश सभाको बैठक प्रदेश प्रमुख अमिक शेरचनले पुस १८ गतेका लागि आह्वान गरेका छन् । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश सभाको बैठकले पुस १८ गते गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए ।

प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम पुस १८ गते दिउँसो १ बजेका लागि दाङको देउखुरीमा प्रदेश सभाको बैठक आह्वान गरेका ह्न् । मुख्यमन्त्री कुलप्रसाद केसी को अध्यक्षता बसेको मन्त्रिपरिषद्को बैठकले सांसदहरूको शपथ ग्रहणका लागि १७ गते र प्रदेश अधिवेशन १८ गते बोलाउने गरी प्रदेश प्रमुखलाई सिफारिस गरेको बताएका थिए ।

यसैगरी प्रदेश सभाका सदस्यहरूलाई पुस १७ गते शपथ गराउने तयारी भइरहेको बताएका छन् ।