मिलन केन्द्रले मानवसेवा आश्रमले ज्येष्ठ नागरिकलाई ५० थान कम्बल वितरण

काठमाडौँ । शितलहर र हुस्सुले बाँकेमा अत्यधिक चिसो बढेपछि कर्मचारी मिलन केन्द्रले मानवसेवा आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई ५० थान कम्बल वितरण गरेका छन् ।

चिसो बढेपछि उनीहरुलाई निकै समस्या परेको जनाउँदै मानव सेवा आश्रमले माग गरेअनुरुप ५० थान कम्बल उपलब्ध गराएको कर्मचारी मिलन केन्द्रका अध्यक्ष खडानन्द अधिकारीले बताएका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, प्रहरी प्रमेख एसपी सन्तोष सिंह राठौर, कर्मचारी मिलन केन्द्रका अध्यक्ष अधिकारी, उपाध्यक्ष गोविन्द पाण्डे र नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठलगायतले शुक्रबारआश्रममै गएर कम्बल वितरण गरेको बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी खत्रीले चिसो अत्यधिक बढेकोले सचेत रहन सबैलाई आग्रह गर्दै अति नै आवश्यक परेकालाई विपद व्यवस्थापन समितिले पनि न्यानो कपडा वितरण गर्ने बताए ।

मानवसेवा आश्रम नेपालगञ्जका संयोजक सृजना वलीले न्यानो कम्बल पाएपछि निकै राहत महसुस भएको बताए । उनका अनुसार हाल मानवसेवा आश्रमको संरक्षणमा ३३ जनाले शरण लिएको जानकारी दिएका छन् ।